२१ चैत, २०८१ बिहिबार
04:27:38 AM
१९ भदौ, २०७९
बंगलादेशी आर्थिक पत्रिका द विजनेस स्ट्यान्डर्डकाअनुसार प्रधानमन्त्री हसिनाले नेपालले आफनो व्यापार अभिवृद्धिका लागि आफ्ना दुई वटा सामुन्द्रिक बन्दरगाह र एउटा क्षेत्रीय विमानस्थल प्रयोग गर्न सक्ने बताउनुभएको छ ।
काठमाडौं,
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालको व्यापार अभिवृद्धिका लागि आफूहरु सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
उहाँले नेपाललाई बंगलादेशको गोंगला र चट्टोग्राम सामुन्द्रिक बन्दरगाह र सैयदपुर क्षेत्रीय विमानस्थलबाट लाभ लिन पनि आग्रह गर्नुभयो ।
उहाँले नेपाललाई बंगलादेशको गोंगला र चट्टोग्राम सामुन्द्रिक बन्दरगाह र सैयदपुर क्षेत्रीय विमानस्थलबाट लाभ लिन पनि आग्रह गर्नुभयो ।
बंगलादेश भ्रमणमा रहेको नेपाली प्रतिनिधि सभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समिमितका सांसदहरुसँगको भेटमा प्रधानमन्त्री हसिनाले यस्तो धारणा राख्नुभएको हो ।
बंगलादेशी आर्थिक पत्रिका द विजनेस स्ट्यान्डर्डकाअनुसार प्रधानमन्त्री हसिनाले नेपालले आफनो व्यापार अभिवृद्धिका लागि आफ्ना दुई वटा सामुन्द्रिक बन्दरगाह र एउटा क्षेत्रीय विमानस्थल प्रयोग गर्न सक्ने बताउनुभएको छ ।
बंगलादेशको भ्रमणमा नेपाली प्रतिनिधि मण्डलमा डा दीपक भट्ट, देवप्रसाद तिमल्सिना, लिल्लादेवी सिटौला, नारदमुनि रानालगायतका संसादहरु सहभागी छन् ।