९ मंसिर, २०८१ आइतबार
01:01:34 AM
१९ भदौ, २०७९
‘वास्तवमा म उदार भएकै हो । उहाँहरुलाई अप्ठ्यारो परेको बेला धेरै च्याप्न हुँदैन’, उहाँले भन्नुभयो, ‘अवस्था सामान्य भएपछि सबै सहकारीको नियमनमा कडाई गर्छौं ।’
काठमाडौँ
नेपाल सहकारी पत्रकार समाज (सिजेएन) स्थापनाको १२औं वर्षमा प्रवेश गरेको छ ।
सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको हकहित संरक्षण र वृत्ति विकास गर्ने उद्देश्यले स्थापना भएको समाजले आइतबार एक कार्यक्रमको आयोजना गरेर १२औं स्थापना दिवस मनाएको छ ।
रजिष्ट्रार पण्डितले अहिले विभागले केन्द्रीय संघहरुको शुद्धीकरणलाई प्राथमिकतामा राखेर कडाईका साथ नियमन गरिरहेको बताउनुभयो ।
वार्षिकोत्सव समारोहमा संघीय सहकारी विभागका रजिष्टार रुद्रप्रसाद पण्डितले सहकारी विधामा पत्रकारिता गर्ने सञ्चारकर्मीसँग साझेदारीमा कार्यक्रम गर्न विभाग तयार रहेको बताउनुभयो ।
सहकारीलाई अप्ठ्यारो परेको समयमा धेरै कडाई गर्दा झन् समस्या उत्पन्न हुनसक्ने भएकाले आफू नियामक भूमिकामा उदार भएर प्रस्तुत भएको प्रष्टिकरण दिनुभयो ।
‘वास्तवमा म उदार भएकै हो । उहाँहरुलाई अप्ठ्यारो परेको बेला धेरै च्याप्न हुँदैन’, उहाँले भन्नुभयो, ‘अवस्था सामान्य भएपछि सबै सहकारीको नियमनमा कडाई गर्छौं ।’
रजिष्ट्रार पण्डितले अहिले विभागले केन्द्रीय संघहरुको शुद्धीकरणलाई प्राथमिकतामा राखेर कडाईका साथ नियमन गरिरहेको बताउनुभयो ।
सहकारी विभागले ६ वटा निष्क्रिय केन्द्रीय संघहरुलाई विवरण बुझाउन सूचना जारी गरे पनि हालसम्म दुई वटा संघले मात्र विभागमा प्रतिवेदन बुझाएको जानकारी दिनुभयो ।
‘दुईवटा केन्द्रीय संघको प्रतिवेदन अध्ययनको क्रममा छ’, उहाँले भन्नुभयो, ‘बाँकी चार वटा कठिन अवस्थामा छन् ।’
रजिष्ट्रार पण्डितले सहकारी ऐन, २०७४ को दफा ८ र ७३ बमोजिमको विवरण नबुझाउने संघहरुविरुद्ध विभाग एक्सनमा जाने चेतावनी दिनुभयो ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले मुलुकको वित्तीय बजारमा बैंक वित्तीय संस्थाहरुले सुरु गरेको अस्वस्थ प्रतिस्पर्धाका कारण तरलताको अभाव सिर्जना भएको बताउनुभयो ।