९ मंसिर, २०८१ आइतबार
06:52:13 AM
१९ भदौ, २०७९
यसअघि पनि सङ्घको १५औँ साधारणसभा तथा सातौँ अधिवेशन समयमा नभएपछि तत्कालीन अन्योल हटाउन र अधिवेशन गर्नका लागि वालिङ नगरपालिकाले समन्वय गरी गोलाप्रथाबाट २०७५ असार १ गते नयाँ कार्यसमिति चयन गरेको थियो ।
वालिङ,
वालिङस्थित व्यापारीको संस्था वालिङ उद्योग वाणिज्य सङ्घको अधिवेशन अन्तिम दिनमा आएर स्थगित भएको छ ।
सङ्घको १६औँ साधारणसभा तथा आठौँ अधिवेशन शनिबारका लागि तोकिए पनि केही घण्टा अगाडि मात्रै पहिलाको सहमति कार्यान्वयन नहुँदा स्थगित भएको हो ।
सङ्घको १६औँ साधारणसभा तथा आठौँ अधिवेशन शनिबारका लागि तोकिए पनि केही घण्टा अगाडि मात्रै पहिलाको सहमति कार्यान्वयन नहुँदा स्थगित भएको हो ।
यसअघि पनि सङ्घको १५औँ साधारणसभा तथा सातौँ अधिवेशन समयमा नभएपछि तत्कालीन अन्योल हटाउन र अधिवेशन गर्नका लागि वालिङ नगरपालिकाले समन्वय गरी गोलाप्रथाबाट २०७५ असार १ गते नयाँ कार्यसमिति चयन गरेको थियो ।
नगरपालिकाको उपस्थितिमा सङ्घका सल्लाहकार तथा विभिन्न राजनीतिक दलसहितको २०७५ जेठ १५ गतेको छलफलबाट नेपाली कांग्रेस र नेकपा -एमाले_ निकट देखिएका व्यवसायीको समूहलाई सहमतिमा पद बाँडफाँट गर्ने, सहमति नभए गोलाप्रथाबाट नेतृत्व छनोट गर्ने निर्णय भएको थियो ।
तत्कालीन समयमा भएको निर्णयअनुसार एक पक्षले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र चार सदस्य तथा अर्को पक्षले वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्ष र पाँच सदस्य बनाउने रहेको थियो ।
पदको बाँडफाँटमा सहमति भई गोलाप्रथा गर्दा एमाले निकटका व्यवसायीको समूह अध्यक्ष र नेपाली कांग्रेस निकटका व्यवसायी वरिष्ठ उपाध्यक्षसहितका पदमा छनोट भएका थिए ।
सोही बैठकले स्याङ्जा जिल्लाभर रहेका कार्यक्षेत्रलाई संशोधन गरी वालिङ नगरपालिकाभित्र बनाउने र वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था गर्ने लिखित सहमति भएको सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनालले बताउनुभयो ।
दुई पक्षबीच तत्कालीन समयमा सहमति गरी १५औँ साधारणसभा तथा सातौँ अधिवेशन गरेर अन्योल हटाइएको तर अहिले सोही सहमति कार्यान्वयन नगरेपछि अधिवेशन स्थगित गर्नका लागि नगरपालिकाको न्यायिक समितिमा उजुरी गरेको उहाँले बताउनुभयो ।
वालिङ नगरपालिकाको न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार विवाद समाधान नहुँदासम्म तत्काल अधिवेशन नगर्न पत्राचार गरेसँगै स्थगित भएको हो ।