९ मंसिर, २०८१ आइतबार

12:32:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

६ अर्ब २६ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

१९ भदौ, २०७९

 ६ अर्ब २६ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले ९१ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो ।

राष्ट्र बैंकले ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल मंसिर २६ गते परिपक्व हुनेछ। यसैगरी, राष्ट्र बैंकले ३६४ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल २०८० भदौ १९  गते परिपक्व हुनेछ।

उक्त ट्रेजरी बिलको भोलि (भदौ २० गते सोमबार) दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।