९ मंसिर, २०८१ आइतबार

12:49:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रभु र सेञ्चुरी कर्मसियल बैंकलाई मर्जर जान राष्ट्र बैंकले दियो सैद्धान्तिक स्वीकृत

१९ भदौ, २०७९

प्रभु र सेञ्चुरी कर्मसियल बैंकलाई मर्जर जान राष्ट्र बैंकले दियो सैद्धान्तिक स्वीकृत

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभुु बैंक र सेन्चुुरी कर्मसियल बैंकबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।  दुबैं बैंकबीच एक आपसमा मर्जरमा जान गत साउन १५ गते सम्झौता भएको थियो । दुुवै बैंकले प्रारम्भिक सम्झौता गरेको १ महिनापछि राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृत दिएको हो ।

दुबैं बैंकले १ः१ मै मर्जरमा जाने सहमती पत्रमा हस्ताक्षर गरी सकेका छन् । मर्जरपश्चात प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ। प्रभु बैंकको चुत्तापुँजी १२ अर्व ७० करोड रहेको छ भने सेञ्चुरी बैंकको ९ अर्व ५५ करोड रहेको छ । मर्जरपछि बैंकको चुक्तापुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ