९ मंसिर, २०८१ आइतबार

12:50:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने सकिने

१९ भदौ, २०७९

 एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरु ल्याउने क्रममा बडा दसैँ, दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ एप (एनआईसी एशिया मोबैंक) मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ।

बैंकले यही भदौ १५ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुने गरी ल्याएको यस नयाँ योजनामा बैंकका ग्राहकले एनआईसी एशिया मोवाइल बैंकिङ प्रयोग गरी एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन्। सेल्फ हेल्प बैंकिङको अवधारणा अनुरुप एनआईसी एशिया मोबैंकमार्फत नै आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस नवीन सुविधाबाट बैंकका ग्राहकले आफ्नो परिवार, आफन्त वा साथीहरुलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्नेछन्।

यस योजनाअन्तर्गत ग्राहकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एनआईसी एशिया मोबैंकबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन्। यसका लागि ग्राहकले आफ्नो मोबाइलमा रहेको एनआईसी एशिया मोबैंकभित्र रहेको ‘आईरेमिट’ आइकनमा ट्याप गरेपश्चात् पठाउन चाहेको रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन्। यसरी दैनिक अधिकतम रु २५ हजारसम्म रकम पठाउन सकिनेछ।

यस माध्यमबाट पठाएको रकम देशभर रहेका एनआईसी एशिया बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरका साथै १२ हजारभन्दा बढी रेमिट एजेन्टबाट नगद रकम सहजै झिक्न सकिनेछ। डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहकलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा ग्राहकको अमूल्य समयको बचत गर्नसमेत सहयोग मिल्ने विश्वास बैंकले लिएको छ।