९ मंसिर, २०८१ आइतबार
12:20:20 AM
१९ भदौ, २०७९
काठमाडौं । दशैं नजिकिन लागेसँगै नयाँ नोटहरु कहिलेदेखि साट्न पाइन्छ भन्ने सर्वसाधारणहरुलाई चासोको बिषय बनेको छ । हरेक वर्षको दशैंका लागि सर्वसाधारणहरुले आफ्नो आवश्यक्ता अनुसारको नयाँ नोटहरु साट्ने गरेका छन् । यो बर्ष पनि दशैं नजिकिएसँगै नेपाल राष्ट्र बैंकले भदौ २६ गतेदेखि आइतबारदेखि दशैको लागि नयाँ नोट साट्ने व्यवस्था गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैँमा नयाँ नोट साट्दै आएको छ। विगत लामो समयदेखि दशैँमा टिका लगाएर दक्षिणाको रुपमा नयाँ नोट दिने प्रचलन चलि आएले गर्दा राष्ट्र बैंकले हरेक वर्ष नयाँ नोट साट्दै आएको छ।
दशैँमा नयाँ नोट साट्नका लागि केन्द्रिय बैंक तथा वाणिज्य बैंकहरुमा सर्वसाधारणको भिड लाग्ने गर्छ। राष्ट्र बैंकले दशैँमा ५, १०, १०, ५० र १०० दरका नयाँ नोटहरु साट्ने गरेको छ । आइतबारदेखि नोट साट्ने गरी तयारी गरिएको छ तर निर्णय भने बुधबारसम्ममा हुने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकबाट मात्रै नयाँ नोट साट्दा धेरै भिडभाड हुने भएकोले यस वर्ष पनि वाणिज्य बैंकहरुमार्फत नै सहज रुपमा नयाँ नोट साट्न पाइने व्यवस्था मिलाइने बैंकले जनाएको छ । । केन्द्रिय बैंकले विगत केहि वर्षदेखि वाणिज्य बैंकहरुबाट नै नयाँ नोट साट्ने व्यवस्था गर्दै आएको छ।
दशैँ आउन अझै ३ हप्ताभन्दा बढीको समय बाँकी छ। बैंकहरुमा नयाँ नोट साट्नको लागि हुने भिडभाडलाई मध्यनजर गर्दै राष्ट्र बैंकले अहिलेदेखि नै नयाँ नोट साट्ने व्यवस्था गर्न लागेको हो।