९ मंसिर, २०८१ आइतबार
01:03:03 AM
१९ भदौ, २०७९
काठमाडौं । हिमालयन बैंक लिमिटेडले भदौ १५ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थपिएको छ । अब उक्त ऋणपत्रमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको हो । जसमध्ये १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख कित्ता सर्वसाधारणका लागि खुल्ला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाइ पाउनेछन् ।
उक्त ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाइसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको ‘हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गरेको हो ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।