९ मंसिर, २०८१ आइतबार

12:34:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शनिबार मात्रै ११ सहकारीले गरे मर्जरमा जाने सम्झौता, अब बन्ने छ ५५.५ करोडको पुँजी

Nepal Business

१८ भदौ, २०७९

संख्यात्मक वृद्धिले अस्वस्थ प्रतिस्पर्धा बढिरहेको बेला सहकारी संस्थाहरू स्वस्फूर्त रुपमा एकीकरणमा जान थालेका हुन् ।

शनिबार मात्रै ११ सहकारीले गरे मर्जरमा जाने सम्झौता, अब बन्ने छ ५५.५ करोडको पुँजी

काठमाडौँ,
सहकारी संस्थाहरु स्वस्फूर्त रुपमा एकीकरणमा जान थालेका छन् ।

शनिबार काठमाडौंका ११ वटा सहकारी संस्थाहरुले एकीकरणमा जाने सम्झौता गरेका छन् । मर्जरपछि ति सहरकारीको पुँजी ५५.५ करोड पुग्ने छ । 

संख्यात्मक वृद्धिले अस्वस्थ प्रतिस्पर्धा बढिरहेको बेला सहकारी संस्थाहरू स्वस्फूर्त रुपमा एकीकरणमा जान थालेका हुन् ।

शनिबार काठमाडौंका ११ वटा सहकारी संस्थाहरुले एकीकरणमा जाने सम्झौता गरेका छन् । मर्जरपछि ति सहरकारीको पुँजी ५५.५ करोड पुग्ने छ । 
 
एकीकरण सम्झौता गर्ने सहकारीहरुमा काठमाडौंको न्युरोड स्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था, बालाजु स्थित मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था, बागबजार स्थित सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था, चाबहिल स्थित लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

 त्यस्तै तारकेश्वर स्थित योजना बहुउद्देश्यीय सहकारी संस्था, कलंकी स्थित उषाकिरण बचत तथा ऋण सहकारी संस्था, हात्तिसार स्थित माउण्ट अपि बचत तथा ऋण सहकारी संस्था, नयाँबानेश्वर स्थित सुर्यदेव बचत तथा ऋण सहकारी संस्था, न्युरोड स्थित हनुमानढोका बहुउद्देश्यीय सहकारी संस्था, न्युरोड कै दुर्गामाश्रिता बचत तथा ऋण सहकारी संस्था र पिपुल श्रोता बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।

एकीकरणपछि संस्थाको नाम राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था प्रस्ताव गरिएको छ । संस्थाको मुख्य कार्यालय न्युरोड, ११ जनाको सञ्चालक समिति, ३ जनाको लेखा सुपरिवेक्षण समिति, अध्यक्षमा नरेन्द्र विष्ट र प्रमुख कार्यकारी अधिकृतमा इन्द्रप्रसाद गेलाल रहने प्रारम्भिक सहमती समेत भएको छ ।