२० बैशाख, २०८१ बिहिबार

05:16:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फोनपे ‘एक्सिलेन्स इन फिनटेक इनोभेसन २०२२’ अवार्डबाट सम्मानित

Nepal Business

१८ भदौ, २०७९

फोनपे ‘एक्सिलेन्स इन फिनटेक इनोभेसन २०२२’ अवार्डबाट सम्मानित

काठमाण्डौं । फोनपे भिसाको ‘एक्सिलेन्स इन फिनटेक इनोभेसन २०२२’ अवार्डबाट सम्मानित भएको छ ।भिसा इन्टरनेसनलले आयोजना गरेको लिडरसिप कन्क्लेभ पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल कार्यक्रममा फोनपेलाई सम्मान गरिएको हो । 

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एपबाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ। साथै फोनेमार्फत अन्तर बैंक रकम ट्रान्सफरलगायतका कारोबार गर्न सकिन्छ ।

फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन् ।

यस्तै फोनपेमा हालसम्म ७ लाखभन्दा बढी मर्चेन्ट रहेका छन् । एक करोड ४० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाइल एप मार्फत फोनपेले सेवा पु¥याउँदै आएको छ ।