९ मंसिर, २०८१ आइतबार

03:34:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एलसी खोल्नमा कडाई गर्ने नीतिले बाह्य क्षेत्रमा सहज भएको छः गभर्नर

Nepal Business

१८ भदौ, २०७९

एलसी खोल्नमा कडाई गर्ने नीतिले बाह्य क्षेत्रमा सहज भएको छः गभर्नर

काठमाडण्डौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले मंसिर यता सरकारले विभिन्न वस्तुको आयातमा एलसी खोल्नमा कडाइ गर्ने नीतिले बाह्य क्षेत्रमा सहज भएको बताउनुभएको छ । 

शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४औं वार्षिक साधारणसभामा बोल्दै पूर्णरुपमा आयात गर्दा अवस्था गम्भीर हुने बताउनुभएको हो ।

यस्तै उहाँले राष्ट्र बैंकले लिएको नीति अनुसार ५० लाख रुपैयाँभन्दा कम कर्जा लिनेलाई वर्किङ क्यापिटलको नीतिले नपार्ने दाबी गर्नुभयो । उहाँका अनुसार २ करोड रुपैयाँसम्म कर्जा लिनेलाई केही मापदण्ड बनाइएको र ५ वर्षका लागि दीर्घकालीन प्रकृतिको कर्जा लिन पनि सर्त छ । 

वर्किङ क्यापिटलको विषयमा उद्योगीले वास्तविक कुरा बताउन नचाहेको दाबी समेत उहाँले गर्नुभयो । 

यसैगरी उहाँले गत असार महिनामा रेमिट्यान्स बढेको र पर्यटकको संंख्या पनि बढेको भन्दै विदेशी मुद्रा सञ्चिति बढ्दै गएको पनि बताउनुभयो ।