२० बैशाख, २०८१ बिहिबार

04:35:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यती एअरलाइन्सले ल्यायो क्यासब्याक अफर

Nepal Business

१८ भदौ, २०७९

यती एअरलाइन्सले ल्यायो क्यासब्याक अफर

काठमाण्डौं । यती एअरलाइन्सले यात्रुहरुका लागि क्यासब्याक अफर ल्याएको छ । एअरलाइन्सले हवाई टिकट मोबाइल एप वा वेभसाइटमार्फत् खरीद गर्दा तीनसयदेखि एक हजार रुपैयाँँसम्मको क्यासब्याक हुने योजना ल्याएको हो ।

यती एअरलाइन्सले डिजिटल वालेटहरुसँगको सहकार्यमा ‘डिस्काउन्ट पनि, क्यासब्याक पनि’ अफर ल्याएको छ । यो हालसम्मकै धेरै धनराशीको क्यासब्याक भएको कम्पनीको दाबी छ ।

एअरलाइन्सका अनुसार भाद्र १८ देखि ३० गतेभित्र मोबाइल एप वा वेभसाइटबाट टिकट खरीद गर्दा यात्रुहरुलाई टिकट सस्तो पर्नेछ । यो अफरको प्रभावकारिताका आधारमा भदौ ३० पछि पनि योजनालाई निरन्तरता दिईनेछ । 

यस अफरअन्तर्गत, फ्लाइट बुकिङमा एक हजार रुपियाँ सम्मको रकम छुट र क्यासब्याक गरी तत्कालै तर अलग–अलग प्राप्त हुनेछ । जसमा केही रकम बिलमा स्वतः घट्नेछ भने केही रकम बुकिङकर्ताको खातामा क्यासब्याक स्वरुप प्राप्त हुनेछ ।