२० बैशाख, २०८१ बिहिबार

02:44:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फोर्स मोटर्सको दसैँ तिहार अफर

Nepal Business

१८ भदौ, २०७९

फोर्स मोटर्सको दसैँ तिहार अफर

काठमाण्डौं । फोर्स मोटर्सको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रा.ली ले नेपालीहरुको महान चाड दसैँ र तिहारको अवसरमा ‘फोर्स मोटर्स दसैँ तिहार’ अफर ल्याएको छ ।

कम्पनीले ग्राहकहरुलाई कुनै पनि गाडीको खरिदमा उपहारको वर्षा लिएर आएको छ । जस अन्तर्गत आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टि.भि., स्मार्ट फोन लगायतका उपहारहरुको वर्षा ल्याएको छ ।

यो अफर आजको मितिदेखि लागु भई छट कार्तिक १३ गतेसम्मलागु हुनेछ ।

विगत ८ वर्षदेखि फोर्स मोटर्स लिमिटेडले नेपालमा आफ्नो आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.ली मार्फत आफ्ना गाडीहरुको बिक्रि वितरण गर्दै आईरहेको छ । आयाम इन्टरकन्टिनेन्टलले काठमाण्डौंको गैहिृधारा ,पोखराको चाउथे रसुन्सरीको इटहरी आफ्नै शोरुम संचालनमा ल्याएको छ । 

यस्तै स्थानीय डिलरको रुपमा चितवनको भरतपुरमा, झापाको बिर्तामोड, ललितपुरको बाघडोल, सिराहाको लाहान, धनुषाको जनकपुरमा डिलरमार्फत कम्पनीका गाडीहरु बिक्री वितरणमा ल्याईरहेको छ । ग्राहकवर्गले आफुलाई पायक पर्ने स्थानमा गएर यस अफरको फाइदा लिन सक्नेछन् ।