२० बैशाख, २०८१ बिहिबार

03:17:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एसएलआर टेक्नो एण्ड ट्रेडले ल्यायो चमत्कार, बाइक पनि बचत पनि अफर

Nepal Business

१८ भदौ, २०७९

एसएलआर टेक्नो एण्ड ट्रेडले ल्यायो चमत्कार, बाइक पनि बचत पनि अफर

काठमाण्डौं । नेपालका लागि मोटरहेड ब्राण्डका आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि.ले चमत्कार, बाइक पनि बचत पनि अफर सार्वजनिक गरेको छ ।

कम्पनीले मोटरहेड ब्राण्डका बाइक खरिद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्डमार्फत ७ हजार ९ सयदेखि १ लाख जित्न सकिने अफरको साथै वम्परमा १ जना भाग्यशाली विजेताले १ लाख जित्न सक्ने अफर सार्वजनिक गरेको हो । 

यो अफर भदौ १९ गतेदेखि १५ कार्तिकसम्म लागू हुने कम्पनीले जनाएको छ । यसका साथै पुरानो मोडलको खरिद जुनसुकै माध्यमबाट गर्दा सिधै २५ हजार छुटको व्यवस्था गरेको छ ।
यसका साथै कम्पनीले हात खाली नहुने उद्देश्यले हरेक शोरुममा आउने ग्राहकहरुलाई टेष्ट राइड गराई उपहार दिने र आफ्नो  Pose & Post Campaign अन्तर्गत शोरुममा फोटो खिची लाइक र सेयर गरि हरेक हप्ता एक जनाले आकर्षक उपहारसमेत पाउने व्यवस्था गरेको छ ।

मोटरहेडको Tekken 250, Tekken R 250 upgraded, Sports250 Road, Sports 250 Offroad, MH-150, MH-200X, X-Torque र  Scrambler  र Scrambler गरि ८ मोडलका बाइकहरु ३ लाख १० हजारदेखि ४ लाख ९५ हजारसम्म एमआरपी बिक्री गर्दै आएको छ ।

कम्पनीको उपत्यकामा मित्रपार्क, टेकु, बालाजु, धोबिघाट र सल्लाघारी भक्तपुर गरि ५ ठाउँमा शोरुम रहेको छ भने उपत्यका बाहिर बिर्तामोड, इटहरी, हेटौंडा, मन्थली, कावासोती, बुटवल, धादिङ, पोखरा, बाग्लुङ र जुम्ला गरि १० स्थानमा डिलर रहेको छ ।