१६ चैत, २०८० शुक्रबार

08:47:42 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कक्षा १२ को नतिजा सार्वजनिक

१७ भदौ, २०७९

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्ड बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।

यसपटक ननग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिएको छ । सार्वजनिक नतिजाअनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय ७९ रहेको छ ।

गत जेठ १५ गतेदेखि २५ मा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार ८ जना र ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १ सय ३२ जना गरेर जम्मा ३ लाख ९६ हजार १ सय ८५ जना परीक्षार्थी सहभागी भएका थिए । नतिजा परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिनेछ ।