३१ भदौ, २०८२ मंगलबार
05:18:49 PM
१७ भदौ, २०७९
काठमाण्डौ । नबिल बैंक दुई वटा अवार्डबाट सम्मानित भएको छ । बैंक ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड बिजनेस–२०२२’ र ‘एक्सिलेन्स इन ई–कमर्स एक्विरिङ बिजनेस–२०२२’ बाट सम्मानित भएको हो ।
बैंकले डेबिट कार्ड र ई–कमर्स एक्विरिङ बिजनेसमा नेपालमा रहेका सबै बैंकभन्दा बढी गोर्थ र अचिभेन्ट गरेका कारण यी अवार्डबाट सम्मानित भएको बैंकले जानकारी दिएको छ।
भिसा इन्टेरनेसनले काठमाण्डौंमा शुक्रबार आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ पेमेन्ट्स इनोभेसन अफ डिजिटल नेपाल’ कार्यक्रममा नबिल बैंकलाई यी अवार्डबाट सम्मानित गरिएको हो ।