९ मंसिर, २०८१ आइतबार
03:54:55 AM
१७ भदौ, २०७९
काठमाडौं । यति बेला खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलेको आईपीओ बाँडफाँड कहिले हुन्छ होला भन्ने सबैमा चासोको बिषय बनेको छ ।कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ ।
मागभन्दा धेरै बढी आवेदन परेको हुनाले कम्पनीको १० कित्ता सेयर पाउने भाग्यमानी सावित हुनेछन् । कम्पनीले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) निष्काशन गरेको थियो ।
आवेदन दिने लगानीकर्ताहरुको चासो रहेको लघुवित्तको प्रि अलोटमेन्ट आज (भदौ १७ गते, शुक्रबार) हुँदैछ । कम्पनीको आईपीओको प्रि अलोटमेन्ट आज सम्पन्न गरी आगामी सोमबार बाँडफाँड गरिने निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको थियो । अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १८ लाख ५० हजार १ सय ३२ जना लगानीकर्ताहरूले २ अर्ब ४ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको २ करोड ४ लाख २२ हजार ४ सय कित्ताका लागि आवेदन दिएका छन् ।