९ मंसिर, २०८१ आइतबार
03:40:50 AM
१७ भदौ, २०७९
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । कम्पनीले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
सीडीएसका अनुसार शुक्रबार बिहान १० बजेसम्म संस्थाले निष्कासन गरेको आईपीओमा १२ लाख ९ हजार ३ सय ७ जना लगानीकर्ताहरूले १ अर्ब ३४ करोड ४९ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ३४ लाख ४९ हजार ८ सय ७० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपियाँमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र निष्काशन गर्न लागेको सेयरको ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारण आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि छिटोमा भदौ १९ गतेसम्म र ढीलोमा भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।