९ मंसिर, २०८१ आइतबार
03:40:01 AM
१७ भदौ, २०७९
काठमाण्डौं । प्रभु बैंक लिमिटेडले एक महिना पनि नबित्दै बढुवा गर्ने आफ्नै निर्णय रद्द गरेको छ । बैंकले १ हजार बढी कर्मचारीहरुको बढुवा रद्द भएको गरेको हो ।
तर बैंकले बढुवा रद्द गराउनुको कारण खुलाएको छैन । गत साउन महिनामा मात्रै प्रभु बैंकले १ हजार ६९ जनाको बढुवा गर्ने निर्णय गरेको थियो ।
बढुवा हुनेमा ट्रेनि असिसटेन्टदेखि उच्च तहका अधिकृतसम्म थिए । केही कर्मचारीहरुको प्रभु बैंकले मापदण्ड समेत नपुगी बढुवा गरेको थियो ।
सेञ्चुरी कमर्सीयल बैंकसँग मर्जरको तयारीमा रहेको प्रभु बैंकले एकै पटक धेरै कर्मचारीहरुको बढुवा गरेको थियो । ठूलो सख्ंयामा यसरी बढुवा हुँदा कर्मचारी समायोजनामा असर पर्ने भन्दै सेञ्चुरी बैंकले समेत असहमति राखेको थियो ।