९ मंसिर, २०८१ आइतबार
03:46:31 AM
१७ भदौ, २०७९
काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न ३ पदमा ४३ जना कर्मचारी माग गरेको हो । बैंकले प्रशासन तर्फ ४२ र प्राविधिकतर्फ १ गरि कुल ४३ जना माग गरेको छ । बैंकले प्रशासनतर्फ १८ जना सहायक निर्देशक (अधिकृत तृतीय) र २४ जना सहयक (सहायक द्वितीय) माग गरेको हो ।
त्यस्तै प्राविधिकतर्फ आइटी तथा साइबर सेक्युरिटी अन्तर्गत १ जना सहायक तृतीय (सहायक निर्देशक) माग गरेको हो । इच्छुक उम्मेदवारले अनलाइनमार्फत दरखास्त पेस गर्नुपर्नेछ। दरखास्त पेस गर्ने अन्तिम मिति असोज ६ गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर तिरी असोज १३ गतेसम्म दरखास्त पेस गर्न सकिनेछ।