२० बैशाख, २०८१ बिहिबार

03:28:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘ग्लोकल टीन हिरो २०२२’को विजेता बने राहुल रञ्जन साह

Nepal Business

१७ भदौ, २०७९

‘ग्लोकल टीन हिरो २०२२’को विजेता बने राहुल रञ्जन साह

काठमाण्डौं । ग्लोकल प्रालिद्वारा आयोजित ‘ग्लोकल टीन हिरो २०२२’को  विजेता राहुल रञ्जन साह हुनुभएको छ । 

किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम वाई वाई ग्लोकल टिन हिरो नेपालको यो आठौँ संस्करण हो ।

शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा आज अवार्ड कार्यक्रमको बिच ग्लोकल टीन हिरो नेपाल, २०२२ को घोषणा द् सोल्टी काठमाण्डौंमा गरिएको हो । 

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी आशिष शाह, धनुषा, शिक्षा प्राबिधिक, विमर्ष पौडेल, चितवन, चलचित्र निर्माता, दर्शना रिजाल, मोरङ, महिला अधिकारकर्मी, निश्चल सिंह विष्ट, अछाम, एकोप्रेनेउर, राहुल रञ्जन शाह, धनुषा, खगोल विज्ञान प्रेमी र सृजना गौतम, मोरङ, सामाजिक कार्यकर्ता बीच प्रतियोगिताको विजेता चयन गरिएको थियो । 

राहुल रञ्जन साह एक खगोल व्यवसायी, खगोलविद् र शोधकर्ता हुनुहुन्छ । उहाँ खगोलीय अनुसन्धानमा समर्पित हुनुहुन्छ । उहाँ नेपाल एस्ट्रोनोमिकल सोसाइटी, स्टुडेन्ट एक्सप्लोरेसन एन्ड डेभलपमेन्ट अफ स्पेस–नेपालसँग आबद्ध हुनुहुन्छ । 

उहाँ अन्तरिक्षमा विद्यार्थी विकास र अन्वेषण एसएक्ससीको संस्थापक सदस्य पनि हुनुहुन्छ । हाल उहाँ नेपालको पहिलो निजी अन्तरिक्ष मिसनलाई व्यवसायीकरण र विकास गर्न पहल गर्ने परियोजना उद्यम ‘आरोहण’मा एस्ट्रोप्रेनरको रूपमा काम गरिरहनु भएको छ । 

उहाँले नेपालभरका विद्यार्थीहरूका लागि पूर्ण रूपमा विकास गर्ने स्रोतहरू पनि समर्पित गर्नुभएको छ । पछिल्लो समय खगोल विज्ञानका विभिन्न क्षेत्रबाट नासासँगको अनुसन्धानदेखि अनुवादसम्म र नेपालको प्रतिनिधित्व गर्ने धारणालाई परिवर्तन गर्न काम गरिरहनुभएको छ उहाँ ।