२० बैशाख, २०८१ बिहिबार

07:04:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

Nepal Business

१७ भदौ, २०७९

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाण्डौं । सुनको मूल्य घट्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । 

शुक्रबार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य तोलाको ९३ हजार एक सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले घटेर ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९२ हजार छ सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य बढेको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर एक हजार एक सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।