९ मंसिर, २०८१ आइतबार
03:46:47 AM
१६ भदौ, २०७९
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था आईपीओमा करिब १० लाखको आवेदन परेको छ । लघुवित्त कम्पनीले भदौ १५ गते बुधबारदेखि सर्वसाधारणहरुका लागि निष्काशन गरेको साधारण सेयरमा (आईपीओ) मा दोस्रो दिन मै मागभन्दा बढी आवेदन परेको हो ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा ९ लाख ९४ हजार ४४६ जना आवेदनबाट १ अर्ब १० करोड ८३ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ८३ हजार ६७० कित्ता सेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई छुट्टाएको भन्दा ३०.०७ गुणा बढी हो ।
लघुवित्त कम्पनीले प्रतिकित्ता १०० रुपियाँमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र निष्काशन गर्न लागेको सेयरको ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारण आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि छिटोमा भदौ १९ गतेसम्म र ढीलोमा भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।