२० बैशाख, २०८१ बिहिबार

05:27:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आठौं फर्निचर तथा फर्निसिङ एक्स्पो हुने

Nepal Business

१६ भदौ, २०७९

आठौं फर्निचर तथा फर्निसिङ एक्स्पो हुने

काठमाण्डौं । नेपाल फर्निचर तथा फर्निसिङ्ग संघले संचालन गर्दै आएको फर्निचर तथा फर्निसिङ्ग सामाग्रीहरुको बृहत मेला फर्नेक्स हुने भएको छ । यहि भदौ २३ गतेदेखि २७ गतेसम्म काठमाण्डौंस्थित भृकुटीमण्डपमा आठौं संस्करणको मेला हुने भएको हो । 

फर्निचर तथा फर्निसिङ वस्तुहरुको प्रवद्धन गर्न यस एक्स्पोको आयोजना गर्न लागिएको हो । यस एक्स्पोका शिर्ष प्रायोजक प्रेष्टिज कार्पेट र मुख्य प्रायोजकमा हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट युनाईटेड फोम एण्ड म्याट्रेस प्रालि रहेका छन् ।

साथै, डिजिटल पेमेन्ट पार्टनरमा डिजि पे र सहयोगीमा स्पेस म्यागेजिन, नेपाल हस्तकला महासंघ, इन्टेरियर डिजाइनर एशोसियसन नेपाल रहेको छ । बदलिदो आधुनिक जीवन शैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तब्य हुने आयोजकको विश्वास रहेको छ ।

उक्त मागको करिब ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल नेपाली फर्निचर तथा फर्निसिङ उद्योग आफ्नो विस्तार गर्न राम्रो वातावरणको पर्खाइमा छ । यस प्रकारको मैलाले स्वदेशी उत्पादनको प्रवद्र्धधनमा टेवा पुग्ने आयोजकले जनाएको छ ।

मेलामा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षण रहने जनाइएको छ ।

प्रदर्शनीमा फर्निचर फर्निसिङ्गका नविनतम सामाग्रीका प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने यसका अलावा फर्निचर फर्निसिङ्ग व्यवसायमा आधुनिक प्रविधि भित्याउँदै फर्निचर जन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा रहेको आयोजकले जनाएको छ । 

एक्स्पो अवलोकनकर्ताका लागि प्रवेश निशुल्क छ । यसका लागि अवलोकनकर्ताले आफ्नो विवरण रजिष्ट्रेशन डेक्समा उपलब्ध गराउनु पर्नेछ । 

प्रत्येक दिन डोर प्राइजका साथै दशैं विशेष छुटको व्यवस्था गरिएको छ । पाँच दिनसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी फर्निचर र फर्निसिङ्ग सामग्रीका स्टल रहनेछन् ।