९ मंसिर, २०८१ आइतबार
03:14:22 AM
१६ भदौ, २०७९
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पछि एकीकृत कारोबार सुरु गरेको छ । मिर्मिरेले बुद्धज्योतिलाई प्राप्ति गरेपछि ‘मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
दुवै संस्थाको गत असार ३१ गते विशेष साधारण सभाबाट प्राप्ति प्रस्ताव पारित गरेका थिए ।
नेपाल राष्ट्र बैंकबाट भदौ ६ गते मिर्मिरेले बुद्धज्योतिलाई प्राप्तिका लागि अन्तिम स्वीकृत प्राप्त भएको र कम्पनी रजिष्ट्रारको कार्यालयको भदौ ९ गतेको पत्रबाट बुद्धज्योति लघुवित्तको लेखाङ्कन हिसाबमा समायोजन गर्नुपर्ने गरी स्वीकृति भएको हो ।
सोअनुसार मिर्मिरे र बुद्धज्योति लघुवित्त वित्तीय संस्थाले भदौ १५ गतेदेखि एकीकृत कारोबार सुरु गरेका हुन् । प्राप्तिपश्चात् बन्ने मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय साविककै बनेपा नगरपालिका वडा नं ८, बनेपाबजार, काभ्रेपलाञ्चोकमा नै रहने कम्पनीले जनाएको छ ।