९ मंसिर, २०८१ आइतबार

03:36:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भोलीदेखि ऋणपत्र निष्काशन गर्दै कुमारी बैंक, कति पाइन्छ ब्याज ?

१६ भदौ, २०७९

 भोलीदेखि ऋणपत्र निष्काशन गर्दै कुमारी बैंक, कति पाइन्छ ब्याज ?

काठमाडौं । कुमारी बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले भोली (भदौ १७ गते शुक्रबार) देखि ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

उक्त ऋणपत्रको अवधि १० वर्ष रहनेछ भने ब्याजदर ११ प्रतिशत रहेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।

सोमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत, ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

बैंकको उक्त ऋणपत्रमा छिटोमा भदौ २१ गते र ढिलोमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिने छ । उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । सो ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ