१६ कार्तिक, २०८१ शुक्रबार

01:10:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्रृजनशील लघुवित्तको आइपीओमा आवेदकको ओइरो, यस्तो छ पछिल्लो अपडेट

१६ भदौ, २०७९

श्रृजनशील लघुवित्तको आइपीओमा आवेदकको ओइरो, यस्तो छ पछिल्लो अपडेट

काठमाडौं ।  श्रृजनशील लघुवित्तको आईपीओमा आवेदनको ओहिरो लागेकोे छ । लघुवित्त कम्पनीले भदौ १५ गते बुधबारदेखि सर्वसाधारणहरुका लागि निष्काशन गरेको साधारण सेयरमा (आईपीओ) मा दोस्रो दिन मै मागभन्दा बढी आवेदन परेको हो ।

सीडीएसका अनुसार बिहीबार बिहान १० बजेसम्ममा  कम्पनीको आईपीओमा ७ लाख ४७ हजार २८३ जना आवेदकले ८३ करोड ५६ लाख ६ हजार रुपैयाँ बराबरको ८३ लाख ५६ हजार ६० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा २२.६७ गुणा बढी आवेदन हो ।

लघुवित्त कम्पनीले प्रतिकित्ता १०० रुपियाँमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र निष्काशन गर्न लागेको सेयरको ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारण आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि छिटोमा भदौ १९ गतेसम्म र ढीलोमा भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।