९ मंसिर, २०८१ आइतबार

03:54:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्र बैंकद्वारा ४ महँगा वस्तुको प्रतितपत्र नखोल्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन

Nepal Business

१६ भदौ, २०७९

राष्ट्र बैंकद्वारा ४ महँगा वस्तुको प्रतितपत्र नखोल्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाण्डौं । सरकारले महँगा वस्तुको आयात प्रतिबन्ध लम्ब्यासँगै नेपाल राष्ट्र बैंककले ती वस्तुहरुको प्रतितपत्र नखोल्न निर्देशन दिएको छ । 

सरकारले गत सोमबार राजपत्रमा सुचना जारी गर्दै १० मध्ये ४ वस्तुको आयात प्रतिबन्ध लम्ब्याएको थियो । त्यो निर्णय पालना गर्न राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाका नाममा सूचना जारी गरेको हो ।

सरकारले गत बैशाख १३ गतेदेखि विभिन्न १० वस्तुको आयात प्रतिबन्ध गरेको थियो । भदौ १४ गतेसम्म लगाएको प्रतिबन्धलाई केही खुकुलो पारिएको हो ।

सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयातमा लगाएको प्रतिबन्धलाई असोज २८ गतेसम्मलाई यी वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको छ ।
तर सरकारले कुरकुरे, लेज, चुरोट, टीभी, हिरा, तास र खेलौनाको आयात भने खुलाएको छ ।