९ मंसिर, २०८१ आइतबार
03:31:22 AM
१६ भदौ, २०७९
काठमाण्डौं । बैंक अफ काठमाण्डूका ग्राहकले मेरो स्टोरमा छुट पाउने भएका छन् । बैंक र मेरो स्टोरबीच छुट सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् ।
यस सम्झौता पश्चात् ग्राहकहरुले मेरो स्टोर, बुटवल, रुपन्देहीमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
मेरो स्टोर, बुटवल, रुपन्देहीबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।