१४ बैशाख, २०८१ शुक्रबार

11:38:10 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अमेरिकाद्वारा ४ सय चिनुक हेलिकप्टरको उडानमा प्रतिबन्ध

Nepal Business

१६ भदौ, २०७९

अमेरिकाद्वारा ४ सय चिनुक हेलिकप्टरको उडानमा प्रतिबन्ध

एजेन्सी । अमेरिकी सेनाले इन्जिनमा आगो लाग्ने सम्भावनालाई ध्यानमा राखेर करिब ४ सय चिनुक हेलिकप्टरको उडानमा प्रतिबन्ध लगाएको छ ।

वाल स्ट्रिट जर्नलका अनुसार यसैबीच भारतले यस विषयमा अमेरिकासँग प्रतिवेदन मागेको छ ।

अमेरिकी सेना अधिकारीहरूले चिनूक हेलिकप्टरको इन्जिनमा केही खराबी भएको आशंका गरेका छन् । 

भारतीय वायुसेनाले चिनुक हेलिकप्टरको उडानमा लगाइएको प्रतिबन्धबारे अमेरिकासँग जानकारी मागेको हो ।