२० बैशाख, २०८१ बिहिबार

05:40:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्यो

Nepal Business

१६ भदौ, २०७९

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्यो

काठमाण्डौं । सुनको मूल्य लगतार ओरालो लागिरहेको छ । बिहीबार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य नौ सय रुपैयाँले घटेको छ ।

छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेर तोलामा ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ थियो ।  

तेजाबी सुनको मूल्य पनि तोलामा नौ सय रुपैयाँले घटेर ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलाको ९३ हजार पाँच सय रुपैयाँ थियो । 
यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर एक हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।