९ मंसिर, २०८१ आइतबार

03:11:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रिय वाणिज्य बैंकद्वारा सहुलियतपूर्ण कर्जा सम्बन्धी गोरखाका तीन पालिकाबीच सम्झौता

Nepal Business

१५ भदौ, २०७९

राष्ट्रिय वाणिज्य बैंकद्वारा सहुलियतपूर्ण कर्जा सम्बन्धी गोरखाका तीन पालिकाबीच सम्झौता

काठमाण्डौं । राष्ट्रिय वाणिज्य बैंक र गोरखा जिल्लाका तीन पालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

बुधबार बैंक र गोखाको गोरखा नगरपालिका, भीमसेन थापा गाउंपालिका, बारपाक सुलिकोट गांउपालिकाबीच भएको उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर राना मगर, भीमसेन थापा गाउंपालिकाका अध्यक्ष लोकप्रसाद बन्जारा र बारपाक सुलिकोट गांउपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले हस्ताक्षर गर्नुभएको हो । 

सम्झौता अनुसार पालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ । 

सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ । सम्झौताले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि,

२०७५(संशोधन समेत) अन्र्तगत व्यवसाायिक कृषि तथा पशुपन्छी कर्जा कार्यान्वयनमा सहयोग पु¥याउने विश्वास लिइएको छ ।