९ मंसिर, २०८१ आइतबार

03:18:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिटिजन्स बैंक र होटेल जंगल क्राउनबीच छुट सम्बन्धी सम्झौता

Nepal Business

१५ भदौ, २०७९

सिटिजन्स बैंक र होटेल जंगल क्राउनबीच छुट सम्बन्धी सम्झौता

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवनस्थित होटेल जंगल क्राउन प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता अनुसार अब बैंकका कार्डबाहकले होटेल जंगल क्राउनले प्रदान गर्ने सेवाहरुमा १०५सम्मको आकर्षक छुट पाउनेछन् । 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ ।

आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क, ईकेवाईसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्नेजस्ता सुविधाको सुरुआत गरिसकेको छ ।

यसका साथै बैंकका ग्राहकको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक सहायता केन्द्रको समेत स्थापना गरिसकेको छ ।

जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन ०१–५९७००६८ नम्बरमा फोन गरी प्राप्त गर्न सक्नेछन् । यस प्रकारको सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ ।

बैंकले देशैभरि फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १४ लाख ४६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।