९ मंसिर, २०८१ आइतबार

03:13:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँड

१५ भदौ, २०७९

बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँड

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकले भदौ २ गतेदेखि भदौ ७ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकले उक्त अवधिभर रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई हिजो ९भदौ १४ गते, मंगलबार० ऋणपत्र बाँडफाँड गरेको हो ।

बैंकले ७ बर्ष अवधि तथा वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको ‘बिओके डिबेञ्चर २०८६ (क)’नामक ऋणपत्र बाँडफाँड भएको छ ।

बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा १ अर्ब १० करोड रूपैयाँ बराबरको ११ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख ४० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई  ६ लाख ६० हजार कित्ता बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएकोमध्ये ५ प्रतिशत अर्थात् २२ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।