९ मंसिर, २०८१ आइतबार
03:46:54 AM
१५ भदौ, २०७९
काठमाण्डौं । सानिमा बैंकले विशेष योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको हो ।
यो योजना भाद्र १३ देखि मंसिर १३ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।
उक्त योजना अन्तर्गत, सानिमा मोबाइल बैंकिङ्गबाट पहिलो पटक टप अप गर्ने ग्राहकहरुले १० प्रतिशत वा अधिकतम १ सयसम्मको क्यासब्याक प्राप्त गर्ने बैंकले जनाएको छ।
यस्तै मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्ये सबैभन्दा बढी कारोबार गर्ने ३ जना ग्राहकहरुले मोबाइल फोन जित्न सक्नेछन् । मोबाइल बैंकिङ्ग एप मार्फत् फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्युआर कोडबाट भुक्तानी, मोबाइल टपअप आदि गर्न सक्नेछन् ।