९ मंसिर, २०८१ आइतबार
03:27:04 AM
१५ भदौ, २०७९
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आज (भदौ १५ गते, बुधबार) देखि ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ निष्काशन तथा बिक्री खुला गरेको हो। सो ऋणपत्रको अवधि ७ वर्ष रहनेछ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ । जसमध्ये १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख कित्ता सर्वसाधारणका लागि खुल्ला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाइ पाउनेछन् ।
यसमा न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाइसम्म आवेदन दिन सकिनेछ । सो ऋणपत्र खरिदका लागि छिटोमा भदौ १९ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ २९ गतेसम्म लम्बिनेछ। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने ‘केयरएनपी सिङ्गल ए माइनस इस्यूअर’ रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने तथा कर्जा जोखिम न्यून भएको संस्था जनाउछ ।