९ मंसिर, २०८१ आइतबार

03:21:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अब नेपाल बैंकबाट पनि आइपीओ भर्दा सिआस्वा शुल्क नलाग्ने

१५ भदौ, २०७९

अब नेपाल बैंकबाट पनि आइपीओ भर्दा सिआस्वा शुल्क नलाग्ने

काठमाडौँ । नेपाल बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकहरुले धितोपत्र आबेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पुरै छुट पाउने भएका छन् । बैंकले एक विज्ञप्ति प्रकाशित गरि सम्पूर्ण ग्राहकहरुले अबदेखि नेपाल बैंकबाट निःशुल्क रुपमा आइपीओ भर्न सक्ने जानकारी दिएको हो ।

हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धी सुबिधा उपलब्ध गराए बापत बैंक तथा वित्तीय संस्थाले बढीमा पाँच रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ । यसअघि कुमारी बैंक र  सानिमा बैंकले पनि सीआस्बा शुल्क नलिने घोषणा गरिसकेका छन् । हाल राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक, नबिल बैंक, कुमारी बैंक र सानिमा बैंकले सीआस्बा सेवा निःशुुल्क प्रदान गर्दै आएका छन्।

पछिल्लो समय सी–आस्वाको सेवा बापत बैंकहरूले लिने गरेका शुल्कमा लगानीकर्ताहरूको गुनासो गरिरहेका थिए । लगानीकर्ताहरूको गुनासोलाई मध्ये नजर गर्दै नेपाल धितोपत्र बोर्ड ९सेबोन० ले  सी–आस्बा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ ।  यसअघि बोर्डले सी–आस्वाको सेवा प्रदान गरेबापत बैंकहरुलाई अधिकतममा १०० रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको थियो।