९ मंसिर, २०८१ आइतबार
03:52:18 AM
१५ भदौ, २०७९
काठमाडौं । बैंकहरूको निक्षेप संकलन एक दिनमै ८ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ १२ गते एकै दिन बैंकहरूको निक्षेप संकलन ८ अर्ब रुपैयाँ बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ। गत भदौ ११ गतेसम्म कुल निक्षेप ५० खर्ब २२ अर्ब रुपैयाँ थियो।
यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ८ अर्बले बढेर ४४ खर्ब ३३ अर्ब पुगेको छ । भदौ ११ गतेसम्म वाणिज्य बैंकहरूको निक्षेप ४४ खर्ब २५ अर्ब रुपैयाँ थियो।
बैंकहरूको कर्जा प्रवाह भने १ अर्बले घटेर ४७ खर्ब ४ अर्ब रूपैयाँमा झरेको छ । वाणिज्य बैंकहरूको कर्जा लगानी पनि १ अर्बले घटेर ४१ खर्ब ७२ अर्ब रूपैयाँमा झरेको छ ।
बैंकहरूको औसत सीडी रेसियो ८८.३९ प्रतिशतबाट घटेर ८८.२५ प्रतिशतमा झरेको छ ।