९ मंसिर, २०८१ आइतबार
03:52:29 AM
१५ भदौ, २०७९
काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर कार्डबाट हुने भुक्तानीमा कडाई गरेको छ । राष्ट्र बैंकले विदेशी बिनिमय कारोबार गर्न इजाजत प्राप्त क वर्गका वाणिज्य बैंक र ख वर्गका विकास बैंकहरुलाई परिपत्र जारी गर्दै १८ प्रकारका भुक्तानीमा रोक लगाएको हो ।
राष्ट्र बैंकले मर्चेन्ट क्योटेगोरी कोड (एमसीसी) कोड नै तोकेर ति १८ वटा क्षेत्रहरुमा डलर कार्डबाट भुक्तानी नहुने ब्यबस्था गर्न निर्देशन दिएको हो । अर्थात् अब डलर कार्डबाट ति क्षेत्रमा भुक्तानी गर्न पाइने छैन ।
राष्ट्र बैंकको व्यवस्था अनुसार क र ख वर्गका बैंकहरुले ५०० डलरसम्मको प्रिपेड डलर कार्ड जारी गर्न पाउँछन् ।