७ मंसिर, २०८१ शुक्रबार

03:01:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

माघ १६ देखि २०सम्म स्कुल खुल्ने ! आखिर किन ? खोप दिन

Nepal Business

४ माघ, २०७८

माघ १६ देखि २०सम्म स्कुल खुल्ने ! आखिर किन ? खोप दिन

४ माघ, काठमाडौँ । सरकारले माघ १६ देखि २० गतेसम्म विद्यालय खुलाउने भएको छ । कोरोना संक्रमण बढेको भन्दै माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले यसअघि नै गरिसकेको थियो । 

त्यो बेला स्कुल पठनठापनका लागि खुला गर्न लागिएको नभई खोप लगाउनका लागि हो 

तर १६ गतेदेखि खुलाइने भन्दा तपाईलाई आश्चर्य लाग्न सक्छ । तर आश्चर्य नमान्नुहोला । किन की त्यो बेला स्कुल पठनठापनका लागि खुला गर्न लागिएको नभई खोप लगाउनका लागि हो । मंगलबार गृहमन्त्रालयमा भएको एक बैठकले १६ गतेदेखि २० गतेसम्म कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि विद्यालय खोल्ने निर्णय गरेको गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले जानकारी दिनुभयो । 

विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ

त्यस्तै विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । कोभिड संक्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ । त्यो सर्कुलर भने सम्बन्धित मन्त्रालयले विश्वविद्यालयमा गर्नेछ ।

अन्य निर्णय यस्ता छन् 

बैठकले हवाइजहाजमा यात्रा गर्नेलाई टिकट काट्दा नै खोपकार्ड अनिवार्य देखाउनु पर्ने व्यवस्था गर्न भनिएको छ । अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य राख्नुपर्ने व्यवस्था मिलाउन भनिएको छ । 

बैठकले राष्ट्रिय परिचय पत्र र इ–पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाई बाहेक तत्कालका लागि स्थगन गर्न सम्बन्धित निकायलाई लेखि पठाउने निर्णय पनि गरेको छ । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पत्तालबाट पनि सर्वसाधारणलाई कोभिडविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन भनिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पत्तालबाट पनि सर्वसाधारणलाई कोभिडविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन भनिएको छ । विदेशबाट नेपाल भित्रने नाकामा एन्टीजेन्ट परीक्षण गर्ने र खोप नलाएकालाई खोप लगाउने व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ । नेपालमा रहेका विदेशी नागरिकलाई पनि व्यवस्था मिलाउन बैठकले निर्देशन दिएको छ । 

बैठकमा गृहमन्त्री खाँणले कोभिड महामारी रोकथाम र नियन्त्रणमा सरकार गम्भिर र संवेदनशील रहेका बताउनु भयो । कोभिडबाट नागरिकलाई बचाउने दायित्व सरकारको भएको भन्दै त्यसबारे संवेदनशील भएर काम गर्न गृहमन्त्री खाणले निर्देशन दिनुभयो ।

बैठकमा गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिर्देशक शैलेन्द्र खनाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंह, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलगायतको सहभागिता थियो ।