१४ बैशाख, २०८१ शुक्रबार

04:22:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महानगरका सरकारी विद्यालयमा आठ कक्षासम्मका बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्च

१२ भदौ, २०७९

महानगरका सरकारी विद्यालयमा आठ कक्षासम्मका बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्च

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सरकारी विद्यालयमा आठ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्चबापत  उपलब्ध गराउने भएको छ । महानगरपालिकाको आज (आइतबार) बसेको कार्यपालिका बैंठकले ७ र ८ कक्षामा अध्ययन गर्ने बालबालिकालाई पनि खाजा खर्च उपलब्ध गराउने प्रस्ताव गरेको हो ।

नेपाल सरकारले कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकालाई खाजास्वरुप १५ रुपैयाँ दिने र त्यसमा महानगरपालिकाले १० रुपैयाँ थप्नेगरी प्रस्ताव भएको  हो । बालबालिकालाई खाजा खर्चको लागि नगरपालिकाले ९ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।

यस्तै, बालबालिकालाई उनीहरूको विद्यालय उपस्थितिको हाजिरी हेरेर खाजा खर्चबापत उपलब्ध गराइने महानगरको शिक्षा विभागले जनाएको छ ।