९ मंसिर, २०८१ आइतबार

03:11:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नारायणी डेभलपमेन्ट बैंकले फेरि हकप्रद सेयर निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति

१२ भदौ, २०७९

नारायणी डेभलपमेन्ट बैंकले फेरि  हकप्रद सेयर निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले फेरि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले हकप्रद सेयर निष्कासनको अनुमति माग्र्दैै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा गत भदौ ९ गते निवेदन दिएको हो।

बैंकले बोर्डको अनुमति पाएसँगै आफ्ना सेयरधनीहरुका १ः१ अनुपातमा १०० अंकित दरका कुल २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ । बैंकको हकप्रद सेयर बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

नारायणी डेभलपमेन्ट बैंकले यसअघि पनि दुईपटक १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गरिसकेको छ। पछिल्लोपटक बैंकले गत वर्ष पुस ७ गतेदेखि माघ १० गतेसम्म १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद बिक्री खुलाएको थियो।