९ मंसिर, २०८१ आइतबार
03:25:03 AM
१२ भदौ, २०७९
काठमाडौं । लामो समयदेखि देखिएको तरलता अभावमा केहि सुधार हुँदै गएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलतामा सुधार आएको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शनिबारसम्म बैंकिङ प्रणालीमा ३६ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ।
भदौ ११ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ। भदौ ८ गतेसम्म कुल निक्षेप ५० खर्ब २३ अर्ब रुपैयाँ रहेको थियो। यो अवधिमा निक्षेप २ अर्ब रुपैयाँले बढेको छ।
भदौ ११ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४७ खर्ब ५ अर्ब पुगेको छ। गत भदौ ८ गतेसम्म कुल कर्जा लगानी ४७ खर्ब ४ अर्ब रुपैयाँ रहेको थियो। यो अवधिमा कर्जा लगानी १ अर्ब रुपैयाँले बढेको छ।