२५ बैशाख, २०८१ मंगलबार

04:02:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिजिनेट मेगा जोडी र सिजिनेट ग्राण्ड जोडी अफर शुरु

Nepal Business

१२ भदौ, २०७९

सिजिनेट मेगा जोडी र सिजिनेट ग्राण्ड जोडी अफर शुरु

काठमाण्डौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी सिजि नेट र स्काईकमबीच सहकार्य भएको छ । आइतबार कम्पनीले सिजिनेट मेगा जोडी र सिजिनेट ग्राण्ड जोडी अफर शुरु गरेको हो। 

यो सेवा सञ्चालनमा आएसँगै अब ग्राहकले सिजिनेट र आइपीटिभी दुबै सेवा सञ्चालन गर्न पाउने छन् । 

सिजिनेटे आफ्ना ग्राहकरुका लागि न्यून शुल्कमा उच्च गुणस्तरीय क्वालिटी सुनिश्चित गर्दै सिजिनेट जोडी सेवा शुरु गरेको जनाएको छ । सिजिनेट जोडी प्याकेज र वार्षिक रुपमा उपलब्ध हुनेछ ।

त्यसैगरी सिजी डिजिटलले सिजिनेटसँगको सहकार्यमा सार्वजनिक गरेको सिजी ग्राण्ड जोडी अफर अन्तरगत ग्राहकले दुई फरक स्किम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ४० हजार भन्दा बढी ग्राहकले यसअघिनै काठमाडौँ उपत्यकाका साथै हेटौंडा, बुटवल, भैरहवा, नवलपुर, भरतपुर, रत्ननगर र कावासोती गरी ७ प्रमुख शहरहरुबाट यो सेवा सुनिश्चित गरिसकेका छन् ।