९ मंसिर, २०८१ आइतबार
03:40:48 AM
१२ भदौ, २०७९
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले साउन १८ गतेदेखि भदौ १ गतेसम्म निष्कासन गरेको ऋणपत्र भदौ १० गते बाँडफाँड गरिएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा सो अवधिमा रितपुर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई बाँडफाँड गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकले ६ वर्ष अवधि भएकाे वार्षिक १०.५ प्रतिशत व्याज भएकाे "६ वर्ष, १०.५% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८५" नाममा ऋणपत्र निष्कासन गरेकाे थियाे । बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा २ अर्ब रूपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि ८ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता बिक्री गरेकाे थियाे ।