२५ बैशाख, २०८१ मंगलबार

10:14:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बर्जर पेन्ट्स नेपालले चाडपर्वमा बर्जर रंगोत्सव ग्राहक योजना ल्यायो

Nepal Business

१२ भदौ, २०७९

बर्जर पेन्ट्स नेपालले चाडपर्वमा बर्जर रंगोत्सव ग्राहक योजना ल्यायो

काठमाण्डौं । बर्जर पेन्ट्स नेपालले यो वर्षको चाडपर्वमा बर्जर रंगोत्सव ग्राहक योजना ल्याएको छ । कम्पनीले भदौ १ गतेबाट मसिंर १० गतेसम्म लागू हुने गरी आउँदै गरेको दसैँ तिहारका साथै फिफा विश्वकपलाई लक्षित गर्दै अफर ल्याएको हो ।

फिफा विश्वकप २०२२ को उत्साहलाई अझ दोब्बर वृद्धि गर्न बर्जर पेन्ट्स नेपालले लक्की ड्र पुरस्कारसहितको आकर्षक अफर पनि ल्याएको छ । यस योजनामामा सहभागी भई १५० भन्दा धेरै घरधनीहरूले नगद तथा जिन्सी पुरस्कारहरू जित्न सक्ने छन् ।

बर्जर पेन्ट्स नेपालका कन्ट्री मेनेजर सत्य प्रकाशले भन्नुभयो, ‘भने, ‘हामीले यो योजनासँगै चाडपर्वको उल्लाससँगै फुटबल जोशलाई जगाउने लक्ष्य राखेका छौं । यो बेला खुसी ल्याउने हाम्रो प्रयासस्वरुप हामीले उत्साहजनक अफरहरू र आकर्षक पुरस्कारहरू त्यो उत्साहलाई दोब्बर पार्न ल्याएका छौँ ।’

बर्जरको प्रिमियम उत्पादनहरू वेडरकोट लङ लाइफ, वेडरकोट अल गार्ड, सिल्क ब्रिड इजी, सिल्क ग्ल्यामर र सिल्क लक्जरी इमल्सनमा यो योजना लागू गरिएको छ । यो योजनाअन्तर्गत बर्जर पेन्ट्सको छनोट रेन्जबाट न्यूनतम ५० हजार रुपैयाँमा पेन्ट्स किन्दा १०० वर्गफिट बराबरको सिल्क इलूजन वाल पेन्ट पक्का पुरस्कार प्रदान गरिनेछ।

एक भाग्यशाली घरधनीले लक्की ड्रमा सोनी ब्राण्डको ७५ इन्चको एलईडी टिभी बम्पर पुरस्कारमा जित्ने अवसर पाउन सक्नेछन् भने २ जनाले सामसङको ३४५ लिटरको रेफ्रिजेरेटरको मेगा पुरस्कार जित्ने अवसर मिल्ने छ ।

यस्तै १० जनाले सामसङको ७२ किलोको वासिङ मेसिन, २० जनाले सामसङकै ए ०३७ मोबाइल फोन र ७५ जना भाग्यशाली विजेताले एक्युफिट स्मार्ट वाच जित्न सक्ने छन्।

यसका साथै यस योजना अन्तर्गत घरधनीहरूले भर्खर रंगाइएका घरको ताजा तस्वीर सामाजिक सञ्जालमा शेयर डिजिटल प्रतियोगितामा भाग लिई आकर्षक पुरस्कारहरू जित्न सक्ने कम्पनीले जनाएको छ ।

विजेताको निर्णय लक्की ड्रबाट हुनेछ भने यसको घोषणा बर्जर पेन्ट्सको वेबसाइट र आधिकारिक सामाजिक सञ्जाल मार्फत गरिनेछ । बर्जर रंगोत्सवबारे थप जानकारी नेपालमा रहेका बर्जर पेन्ट्सका आधिकारीक डिलरहरूबाट पाउन सकिने छ ।

बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रा लि नेपालमा सन् २००० यता डेकोरेटिभ पेन्ट्समा एक प्रख्यात कम्पनी हो कम्पनीको नेपालमा रंगहरूमा सबैभन्दा ठूलो उत्पादन रेन्ज रहेको छ ।