२६ बैशाख, २०८१ बुधबार

03:12:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दसैँ–तिहारका लागि सेन्साईको ‘सेन्साई ३ को झट्का, दसैँमा उपहारको फड्का’ योजना

Nepal Business

१२ भदौ, २०७९

दसैँ–तिहारका लागि सेन्साईको ‘सेन्साई ३ को झट्का, दसैँमा उपहारको फड्का’ योजना

काठमाण्डौं । जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिरहेको नेपालीहरुको चाड दसैँ–तिहार २०७९ लाई लक्षित गर्दै ‘सेन्साई ३ को झट्का, दसैँमा उपहारको फड्का’ नामक योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत २ भाग्यशाली ग्राहकहरुले एप्पल आइफोन १३, ३ भाग्यशाली ग्राहकहरुले एप्पल आइप्याड १०।२ जस्ता आकर्षक उपहारहरु जित्न सक्नेछन् भने बम्पर लक्की ड्र मार्फत १ भाग्यशाली ग्राहकले यामाहा आर१५ भिथ्री जित्न सक्ने कम्पनीले जनाएको छ । साथै सेन्साईले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरु र निशुल्क डेलीभरी पनि प्रदान गर्नेछ ।

सेन्साईका सामानहरुको खरिद गरे पश्चात ग्राहकहरुले आफूलाई लक्की ड्रमा सहभागी गराउन अंग्रेजीमा सेन्साई ९क्भ्ल्क्भ्क्ष्० टाइप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एस्।एम।एस् गर्नुपर्नेछ ।

कम्पनीले यो योजना भाद्र ९,२०७९ देखि सिमित अवधिका लागि मात्र लागु गरेको जनाएको छ । सेन्साई ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इओएल रहेको छ।