२५ बैशाख, २०८१ मंगलबार

05:25:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

Nepal Business

१२ भदौ, २०७९

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ । 

आज छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार छापावाला सुनको मूल्य तोलाको ९५ हजार आठ सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा सात सय रुपैयाँले घटेर ९४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार एक सय ६० रुपैयाँमा किनबेच भईरहेको छ ।