१६ कार्तिक, २०८१ शुक्रबार
01:15:59 PM
१२ भदौ, २०७९
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (भदौ १२ गते आइतबार) अन्तिम दिन रहेको छ।
कम्पनीको आईपीओमा आइतबार कार्यालय समयसम्ममा मात्र लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओको पहिलो दिन नै माग भन्दा धेरै बढी आवेदन परिसकेको थियो। सीडीएससीका अनुसार शुक्रबार साझ सम्ममा उक्त आइपीओमा १ अर्ब ३३ करोड २२ लाख रुपैयाँ बराबरको आवेदन परेको थियो । यस कम्पनीले भदौ ८ गतेबाट सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला हो ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार ३२० कित्तासम्मका लागि छिटोमा भदौ १२ गतेसम्म र ढीलोमा भदौ २७ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
केयर रेटिङ्गस नेपालले आईपीओ लघुवित्तको आईपीओलाई 'केयरएनपी डबल बी माइनस इस्यूअर’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।