११ बैशाख, २०८१ मंगलबार

10:47:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वैदेशिक मुद्रा बचाउन विलासितका सामान आयातमा प्रतिबन्ध : मन्त्री बडू

Nepal Business

१० भदौ, २०७९

कोरोना भाइरसका कारण प्रतिकूल अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र रुस–युक्रेन युद्धबाट झन प्रभावित भएको उल्लेख गर्दै व्यवसायीले सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र अर्थतन्त्र चलायमान एवं सुदृढ हुने धारणा व्यक्त गर्नुभयो ।

वैदेशिक मुद्रा बचाउन विलासितका सामान आयातमा प्रतिबन्ध : मन्त्री बडू

काठमाडौँ,

नेपाल समुद्रपार निकासी पैठारी सङ्घले वस्तुनिष्ट एवं वैज्ञानिक ढङ्गबाट भन्सार दररेट कायम गर्न सरकारसँग अनुरोध गरेको छ । 

सङ्घको ४२ औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा उद्योगी व्यवसायीले सङ्घीय संसद्मा पेश भएका आर्थिक विधेयक द्रुतमार्गबाट पारित गर्न सरकारसँग अनुरोध गर्नुभयो । 

सङ्घको ४२ औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा उद्योगी व्यवसायीले सङ्घीय संसद्मा पेश भएका आर्थिक विधेयक द्रुतमार्गबाट पारित गर्न सरकारसँग अनुरोध गर्नुभयो । 

कोरोना भाइरसका कारण प्रतिकूल अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र रुस–युक्रेन युद्धबाट झन प्रभावित भएको उल्लेख गर्दै व्यवसायीले सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र अर्थतन्त्र चलायमान एवं सुदृढ हुने धारणा व्यक्त गर्नुभयो । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगी–व्यवसायीको सुझाव बमोजिम निकासी–पैठारी क्षेत्रका उल्झन हटाउन सरकार तयार रहेको उल्लेख गर्दै सुदृढ अर्थतन्त्रका पक्षमा रचनात्मक सुझावको अपेक्षा गर्नुभयो । 

उद्योग व्यवसायी क्षेत्रसम्बद्ध सङ्घ÷संस्थाबाट प्राप्त राय सुझावका आधारमा नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री बडूले भन्नुभयो, “वैदेशिक मुद्रा बचाउनका लागि विलासितका केही सामानको आयातमा अहिले प्रतिबन्ध लगाइएको हो ।